शंकर पोखरेल सँगसँगै भोट माग्दै प्रदीप ज्ञवाली

काठमाडौं । महासचिवमा नसमेटिएपछि असन्तुष्ट बनेका एमाले नेता प्रदिप ज्ञवाली संस्थापन पक्षलाई मत माग्न सुरू गरेका छन् । बन्दसत्र स्थलमा पुगेका उनले महासचिव शंकर पोखरेलसँगै प्रतिनिधि सँग भोट माग्न थालेका हुन् ।

उपाध्यक्ष अस्वीकार गरेर केन्द्रीय सदस्यमा उमेदवारी दिएका उनले केपी शर्मा ओलीको टिमले जिते मात्रै एमाले थप बलियो हुने भन्दै सोही समूहकालागि मत मागि रहेका छन् ।

‘मेरा केही असहमती थिए,म भन्दा माथि पार्टी हो ’ उनले भने, ‘म पार्टि बलियो बनाउन केपी ओली र शंकर पोखरेलसँगै छु ।’

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *