भारतमा बस दुर्घटना, चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते

काठमाडौं । उत्तरी भारतको एक्सप्रेसवेमा मङ्गलबार बाक्लो कुहिरोको बीचमा सातवटा बसहरू एकअर्कासँग ठोक्किएर आगलागी हुँदा कम्तिमा चार जनाको मृत्यु भएको छ । समाचार संस्था सिन्ह्वाका अनुसार दुर्घटनामा ५० जना भन्दा बढी घाइते भएका छन् ।

स्थानीय प्रहरीलाई उदृत गर्दै समाचारमा जनाइए अनुसार प्रहरीले मथुरा जिल्लाको दिल्ली–आगरा एक्सप्रेसवेमा बसहरुको ठक्करको कारण ज्यान गएको हो ।

घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पतालमा भर्ना गरिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा राखिएको भिडियो फुटेजमा गाडीबाट ठुलो आगो निस्किएको देखाइएको छ । घाइतेहरू मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्ने सम्भावना रहेकको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *