तातोपानीबाट बिलविजक नभएको सामान ल्याएका तामाङ गाडीसहित सशस्त्रको नियन्त्रणमा

काठमाडौं । सशस्त्र प्रहरी बलले बिलविजक तथा भन्सार प्रज्ञापन पत्र नभएको चाईनिज किराना सामानसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

सोमबार सशस्त्र प्रहरीले सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिका–४ स्थित बाह्रबिसे बजारबाट एक जनालाई नियन्त्रणमा लिएको हो ।

बाह्रविसे नगरपालिका–६ बस्ने शिवलाल तामाङ्गलाई सशस्त्र प्रहरी बल नेपाल सुरक्षा वेश लामोसाँघुबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

तातोपानीबाट खाडिचौरतर्फ आउँदै गरेको बा ४ ख ५८६४ नम्बरको आईचर गाडी राखी ल्याउँदै गरेको सामानको बिजलविजक तथा भन्सार प्रज्ञापन पत्र समेत फेला नपरेपछि सो गाडीका चालक तामाङ्गलाई समेत नियन्त्रणमा लिइएको हो ।

नियन्त्रणमा लिइएका सामानहरु स्टेशनरी, खेलकुद तथा किराना लगायतका सामान रहेका छन् । बरामद सामानको अन्दाजी मूल्य ७ लाख २२ हजार १० रुपैयाँ र गाडीको १५ लाख मुल्यसहित जम्मा मूल्य २२ लाख २२ हजार १० रुपैयाँ रहेको छ ।

तामाङलाई बरामद सामान तथा गाडीसहित आवश्यक कारवाहीको लागि तातोपानी भन्सार कार्यालय सिन्धुपाल्चोकमा बुझाउने प्रक्रियामा रहेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *