
काठमाडौं । नेकपा एमालेको आगामी नेतृत्वका लागि निवर्तमान अध्यक्ष केपी शर्मा ओली र निवर्तमान वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलबीच प्रतिस्पर्धा हुने भएपछि नेताहरू अहिले भोट माग्न केन्द्रित भएका छन्।
ओली र पोखरेल प्यानलसहित मैदानमा उत्रिएकाले भृकुटीमण्डपस्थित मतदानस्थलमै पुगेर भोट माग्न जुटेका हुन्। ५ जना उपाध्यक्ष पदका लागि ११ जनाको उम्मेदवारी परेको छ। महासचिव पदका लागि शंकर पोखरेल र सुरेन्द्र पाण्डे भिड्दै छन्।
पोखरेल र पाण्डे अहिले मतदानस्थलमा पुगेर प्रतिनिधिलाई भेट्न केन्द्रित भइरहेका छन्। ओली खेमाका नेताहरू पनि अहिले आन्तरिक गृहकार्यमा छन्। मतदान नजिकिएसँगै नेताहरू कित्ता क्लियर गर्दै प्रतिनिधिलाई आफ्नो पक्षमा तानातान गरिरहेका छन्।
३ उपमहासचिव पदका लागि ७ जनाको उम्मेदवारी परेको छ भने ९ सचिव पदका लागि २० जनाको उम्मेदवारी दर्ता भएको छ। प्रतिनिधिहरू अहिले आफ्नो पक्षमा माहोल बनाउन महाधिवेशनस्थलमा प्रचार सामग्री बाँड्दै हिँडिरहेका छन्।
मतदान प्रक्रियाका लागि अन्तिम नामावली प्रकाशन भइसकेको छ। आज दिउँसो ३ बजेबाट मतदान सुरु हुने जनाइएको छ।




Leave a Reply