
काठमाडौं । नेकपा एमालेको ११ औं महाधिवेशनमा स्वतन्त्र ढंगले उपमहासचिव पदमा उम्मेदारी दिएका पूर्व मन्त्री आनन्द पोखरेल ईश्वर पोखरेल प्यानलमा समेटिएका छन् । पोखरेल प्यानलबाट उपमहासचिव पदमा योगेश भट्टराई र बैजनाथ चौधरीले मात्र उम्मेदवारी दिएका थिए।
आनन्द र बैजनाथ यसअघि अध्यक्ष केपी शर्मा ओलीकै टिममा थिए । तर पछिल्लो समय विद्या भण्डारीको सदस्यताको पक्षमा उभिएबापत केही नेताले उनीहरुलाई पदाधिकारीमा ल्याउन अवरोध गरेपछि बगावत गरेका हुन् ।
अन्तिम समयमा उपमहासचिव पदमा उम्मेदवारी दिएका पोखरेललाई ईश्वरको प्यानलमा पारिएको हो । बागमती प्रदेशमा राम्रो प्रभाव पार्ने पोखरेल देशभरका कार्यकर्ता पंक्तिमा परिचित भएकाले उपमहासचिव पदमा ईश्वर प्यानलले समेटेको नेताहरुले बताए ।
उनी पछिल्लो समय काठमाडौं जिल्ला इन्चार्ज थिए । इन्चार्ज पोखरेल र अध्यक्ष दिपक निरौला दुवैजना विद्या भण्डारीनिकट भएकाले काठमाडौंबाट आएका प्रतिनिधि पनि उनीहरु पक्षधर धेरै छन् । दोलखा जिल्लाबाट २ पटक सांसद जितेर पर्यटन मन्त्री भएका पोखरेल पछिल्लो समय पोलिटव्युरो सदस्य थिए ।

Leave a Reply