एमाले महाधिवेशस्थलमा ज्योती मगर, ‘आयो एमाले आयो’ भन्दै नाचिन्

काठमाडौं । चर्चित लोकगायिका ज्योती मगर एमालेको महाधिवेशनस्थल भृकुटीमण्डमा देखिएकी छन् । उनी एक उम्मेदवारका लागि भोट माग्दै जुलुसमै सहभागी भइन् ।

जनजातिहरुको एउटा समूहले उक्त समूदायका उम्मेदवारहरुको समर्थनमा झाँकी प्रदर्शन गरेको थियो । त्यसमा ज्योती पनि उत्साहसाथ सहभागी भएकी हुन् । उनको हातमा एउटा पोस्टर थियो, जसमा पूर्ण गुरुङलाई जिताउन अपिल गरिएको थियो ।

जुलुसका सहभागीले ‘आयो एमाले आयो, पूर्ण गुरुङ आयो…’ भन्दै नारावाजी गरेका थिए । ज्योतीले पनि नाच्दै उक्त नारावाजीमा साथ दिइन्।

सञ्चारकर्मीहरुसँग संक्षिप्त कुरा गर्दै ज्योतीले एकदमै रमाइलो लागिरहेको बताइन् । आफू महाधिवेशनमा उम्मेदवार नभए पनि पूर्ण गुरुङलाई समर्थन गरेको उनको भनाइ थियो ।

ज्योतीले भनिन्, ‘समावेशीताको कुरा छ । युवालाई पुस्तान्तरण गर्नुपर्ने कुरा छ। त्यसकारणले युवा नेता पूर्ण गुरुङ चाहियो ।’

ज्योती अहिलेसम्म एमाले पार्टी प्रवेश गरेकी छैनन् । यद्यपि, उनका पछिल्ला अन्तरवार्ताहरुमा एमाले र केपी शर्मा ओलप्रति सदासयता प्रकट हुने गरेका छन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *