चन्द्रागिरि हिल्सले हकप्रद जारी गर्ने, पारित गर्न बोलायो साधारण सभा

काठमाडौं । चन्द्रागिरि हिल्स लिमिटेडले हकप्रद शेयर जारी गर्ने भएको छ । कम्पनीले बोनस शेयर वितरणपछि कायम चुक्ता पुँजीको शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीका अनुसार गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई वितरण गर्ने लाभांश समेत पारित गर्न लागेको छ । जसका लागि पुस २३ गते १६औँ वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको सभा चन्द्रागिरि हिल्स लिमिटेडको बटम स्टेशन परिसरमा आयोजना गरिने भएको छ ।

उक्त सभाले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशतका दरले बोनस शेयर तथा सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । साथै, प्रबन्ध पत्र तथा नियमावली संशोधन गर्ने, प्रभु बैंकबाट नयाँ परियोजना निर्माणका लागि लिएको कर्जा अनुमोदन गर्ने तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरू सभामा पेश गरिनेछन् ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस ११ गते बुकक्लोज गर्ने भएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *