सरकारको नगद मौज्दातमा वृद्धि, २०२ अर्ब खातामा जम्मा

काठमाडौं । नेपाल सरकारको नगद मौज्दातमा वृद्धि देखिएको छ । नेपाल राष्ट्र बैंकमा रहेका सरकारका विभिन्न खाताहरूमा २०८२ कात्तिक मसान्तसम्ममा कुल २०२ अर्ब ९७ करोड रुपैयाँ नगद मौज्दात पुगेको हो ।

यसअघि २०८२ को असार मसान्तमा सरकारको यस्तो नगद मौज्दात १३० अर्ब ७३ करोड रुपैयाँ रहेको थियो । असार मसान्तको तुलनामा कात्तिक मसान्तसम्म आइपुग्दा सरकारी ढुकुटीमा नगद जम्मा हुने क्रम बढेको देखिन्छ ।

उक्त मौज्दात रकममा प्रदेश सरकार तथा स्थानीय सरकारको खातामा रहेको रकमसमेत समावेश रहेको राष्ट्र बैंकले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *