४० मुनिका केन्द्रीय सदस्यमा उम्मेदवारी– सुनिता डंगोलदेखि छितिज थेबेसम्म ३६ युवा (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया जारी छ । नेतृत्व चयनका लागि एमालेले यसपटक १५ जना केन्द्रीय सदस्य ४० वर्षमुनिका युवाका लागि छुट्याइएको छ । जसमा खुलातर्फको २ केन्द्रीय सदस्य र मधेशीतर्फ २ मध्ये एक केन्द्रीय सदस्य निर्विरोध निर्वाचित भइसकेका छन् । मधेशीतर्फको एक पद भने रिक्त छ ।

बाँकी ११ पदका लागि ३६ जना युवाले उम्मेदवारी दिएका छन् । जसमा ७ प्रदेश र एउटा राजधानी विशेष एउटा गरेर ८, आदिवासी जनजातितर्फ २, मधेशीतर्फ २ र दलिततर्फ एक र खुलातर्फ २ गरेर १५ जना केन्द्रीय सदस्य ४० वर्ष मुनिका युवाका लागि सुनिश्चित गरिएको छ । जसमा खुलातर्फको २ जना केन्द्रीय सदस्यमा नरेश रोकाया र सुशील थापा निर्विरोध निर्वाचित भइसकेका छन् भने मधेशी युवातर्फ एक जना अमरकुमार यादव निर्विरोध निर्वाचित भइसकेका छन् । अर्का एक जना युवाको उम्मेदवारी नपरेका कारण रिक्त छ ।

४० वर्ष मुनिको केन्द्रीय सदस्य पदमा काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलदेखि, नवलपरासी पूर्वको बुलिंगटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी हुदैँ युवा संघका अध्यक्ष छितिज थेबेसम्म छन् । यस्तै अनेरास्ववियुको अध्यक्षमा ७ मतले मात्रै पराजित भएका प्रकाश पौडेलदेखि अनेरास्ववियुका पूर्व उपाध्यक्ष गोविन्द गिरी, धर्मलाल गिरी, निशा अधिकारी, पूर्वसचिव सञ्जिव धिताल, डिबी साउँदसम्म रहेका छन् ।

११ पदका लागि विभिन्न प्रदेश तथा कलस्टरबाट गरेर ७ जना महिलाले पनि उम्मेदवारी दर्ता गराएका छन् । ७ जना महिलामा निशा अधिकारी, विभाकुमारी यादव, अञ्जना अधिकारी, सुनिता डंगोल, कल्पना वाईवा, फुर्वा शेर्पा र निता घतानी रहेका छन् ।

यी हुन् ४० वर्ष मूनिका ११ पदका लागि प्रतिस्पर्धा गर्ने विभिन्न क्षेत्र तथा कलस्टरतर्फका ३६ युवा

सुदूपश्चिम प्रदेश
गोविन्द गिरी
डिबी साउँद
लोकेन्द्रबहादुर सिंह
सिंहप्रसाद ढुंगाना

कर्णाली प्रदेश
तपेन्द्रबहादुर शाही
रुद्रबहादुर शाही

लुम्बिनी प्रदेश
धर्मलाल गिरी
लिलामणि गौतम

गण्डकी प्रदेश
नवराज ओझा
प्रकाश पौडेल

बागमती प्रदेश
आगदोर्जे शेर्पा
जेनिश लामा
निशा अधिकारी
लालबहादुर बुढाथोकी
संजिव धिताल

मधेश प्रदेश
मोबिन आलम
रवि पोखरेल
रौतिक शाह
विभाकुमारी यादव

कोशी प्रदेश
लोकेश निरौला
क्षितिज थेवे

राजधानी विशेष
अञ्जना अधिकारी
राजन थापा
सन्तोष खड्का
सुनिता डंगोल

आदिवासी जनजातिः २ पद
कल्पना वाईवा
दिपकुमार माझी
दिपेन्द्र सुनारी
प्रकाश भुजेल
फुर्वा शेर्पा
मनोज ताम्ली
सम्राट गौचन

दलित युवाः एक पद
देवकृष्ण विक
निता घतानी
सरोज विश्वकर्मा
हिरालाल विश्वकर्मा

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *