नेकपा संयुक्त) ले तोक्यो प्रदेशको जिम्मेवारी (अपानिसहित)

काठमाडौँ । चन्द्रदेव जोशी र घनश्याम भुसाल नेतृत्वको नेकपा (संयुक्त)ले सात प्रदेश सम्मेलन आयोजक कमिटी संयोजक तथा सहजकर्ता तोकेको छ । दस्तावेज लेखन कमिटी पनि गठन भएको छ ।

पार्टीद्वारा जारी अपानिमा यो विषय उल्लेख गरिएको हो । कार्यविभाजन अनुसार कोशी प्रदेश संयोजकमा महेश रेग्मी, सहसंयोजक डम्बर बुढाथोकी छन् । मधेश प्रदेशमा सहजकर्ता हरि काफ्ले तोकिएका छन् भने संयोजकको जिम्मेवारी तेजकृष्ण काफ्लेले पाएका छन् ।

बागमती प्रदेश संयोजकमा जीवनराम श्रेष्ठ र सहसंयोजक उपेन्द्र छटुन्जेल तोकिएका छन् । गण्डकी प्रदेश संयोजकमा ओम उपाध्याय छन् ।
लुम्बिनी प्रदेश संयोजकमा हरिप्रसाद पराजुली र सहसंयोजकमा कृष्णबहादुर गुरुङलाई जिम्मेवारी दिइएको छ । कर्णाली संयोजकको जिम्मेवारी शेरबहादुर केसीलाई दिइएको छ । सुदूरपश्चिम प्रदेश संयोजकमा उर्वादत्त पन्त र सहसंयोजक बीडी जोशी छन् ।

प्रदेश सम्मेलन आयोजक कमिटीमा हाल कायम सम्बन्धित प्रदेशमा घरठेगाना भएका केन्द्रीय सदस्य र दुवै पूर्व पार्टीका प्रदेश सदस्यहरू तथा अन्य आवश्यक नेतालाई राखेर आयोजक कमिटी गठन गर्ने अपानिमा उल्लेख छ ।

अपानि अनुसार पार्टीको दस्तावेज लेखन कमिटीको संयोजकमा कार्यबाहक अध्यक्ष घनश्याम भूसाल तोकिएका छन् । सात सदस्यीय कमिटीको सदस्यहरुमा केदार शर्मा, डा. विजयकुमार पौडेल, मधुबहादुर बस्नेत, धर्मराज निरौला, हरि काफ्ले र डम्बर बुढाथोकी छन् ।

हाललाई नयाँ तथा एकीकृत जिल्ला आयोजक कमिटी बनाउँदा अहिले कार्यरत जिल्ला कमिटीबाटै संयोजक तथा सहसंयोजक तोक्नु उपयुक्त भएको भन्दै अपानिमा राष्ट्रिय सम्मेलन आयोजक कमिटीका सदस्यलाई संयोजक तथा सहसंयोजक तोक्नु उपयुक्त देखिने उल्लेख छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *