मधेशमा २ मन्त्री थपिए, ६ सदस्यीय बन्याे कृष्णकाे क्याविनेट

काठमाडौं । मधेस प्रदेश सरकारमा मन्त्रिपरिषद् बिस्तार भएको छ । मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा सोमबार थप २ मन्त्री नियुक्त भएका हुन ।

सोमबार थपिएका दुई मन्त्रीलाई मधेश प्रदेश सरकारका प्रमुख सुरेन्द्रलाभ कर्णले पद तथा गोपनीयताको शपथ गराएका छन् । थपिने मन्त्रीमा तत्कालीन नेकपा (माओवादी केन्द्र)बाट निर्वाचित सांसद जवाहरलाल कुशवाहलाई ऊर्जा, सिंचाई तथा खानेपानी मन्त्रीमा र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट जंगीलाल रायलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका छन् ।

अर्थ मन्त्रीको जिम्मेवारीमा महेशप्रसाद यादव, शिक्षा तथा संस्कृति मन्त्रीमा रानीकुमारी तिवारी र उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रीमा कनिश पटेल यस अघि नै नियुक्त भइसकेका थिए । यो सँगै मधेस मुख्यमन्त्रीसहित मन्त्रीको संख्या ६ पुगेको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *