
काठमाडौं । पत्रकार गौरव पौडेलको लगातार एक सय घण्टा अन्तर्वार्ता लिएर विश्व रेकर्ड बनाउने कार्यक्रम भोलिबाट सुरु हुने भएको छ ।
भोलि पहिलो दिन सञ्चारमन्त्री जगदीश खरेल, नेपाली कांग्रेसका नेता चन्द्र भण्डारी, रास्वपाका प्रवक्ता मनिष झा, नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईको अन्तरवार्ता हुने उनले बताएका छन् ।
यस्तै पहिलो दिन नै गैर आवासिय नेपाली संघ एनआरएनएका अध्यक्ष कुल आचार्य, अधिवक्ता स्वागत नेपाल, बैंकर मनोज ज्ञवाली, जेनजी अभियान्ताहरु प्रवेश दाहाल र अध्येता थापा, पत्रकार ऋषि धमला, हास्य कलाकार दीपकराज गिरी र हिमेश पन्त, गायिका ज्योती मगरको अन्तरवार्ता हुनेछ ।
अन्तरवार्ताका बीचमा केही समय विश्राम हुनेछ । ४ घण्टाका लागि २० मिनेट तथा एक घण्टामा लिए ५ मिनेट विश्राम लिन मिल्ने छ । उनका अनुसार खानाको लागि छुट्टै समय भने हुँदैन । अन्तरवार्ताका बीचमा नै खाना खाने गरी व्यवस्था गरिएको उनले बताए । त्यसपछि एकैपटक ४० घण्टा कटेपछि मेडिकल चेकअप हुनेछ ।
केही वर्षअघि रवि लामिछानेले ६२ घण्टाको अन्तर्वार्ता लिएर विश्व कीर्तिमान राखेका थिए । तर, उनकाे रेकर्ड पछि रेकर्डपछि विदेशी नागरिकले तोडेका छन् ।

Leave a Reply