शंकर पोखरेललाई प्रश्न- महासचिवमा अब गर्न बाँकी के काम छ ?

काठमाडौं । एमालेको महासचिवमा पुन: भिडेका शंकर पोखरेलले राष्ट्रिय राजनीतिका चुनौतीहरूलाई सामना गर्न लिएका संकल्प केपी ओलीको नेतृत्वमा पूरा गर्ने बताएका छन् । उनले केपी ओलीको टीमलाई नै बलियो बनाउने बताए ।

‘महासचिवमा अब गर्न बाँकी के काम छ ?’ भन्ने पत्रकारको जिज्ञासामा महासचिव पोखरेलको जवाफ यस्तो छ-

आन्दोलन केही कुराको माग गर्दछ कुन ढङ्‍गले अगाडि बढ्नु पर्दछ भन्ने माग गर्दछ त्यसका आधारमा पार्टीले दिएका फैसलाहरुलाई कार्यकर्ताहरुले पालना गर्दै गएपछि त्यतिबेला हामी हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय राजनीतिका चुनौतीहरूलाई सामना गर्ने संकल्प लिएका छौं । स्वभाविक रुपमा उहाँको टीमलाई बलियो बनाउने सन्दर्भमा कसले कहाँ भूमिका खेल्नु पर्दछ त्यसका लागि हामी सधैँ तयार हुनुपर्दछ भन्ने कुराका आधारमा हामी अगाडि बढ्ने छौं ।

नवौं महाधिवेशनमा उपमहासचिव हारेका पोखरेललाई १०औँमा ओलीले महासचिव बनाए । अहिले महासचिवमा प्रदीप ज्ञवाली र पीएस गुरुङको सशक्त दाबी थियो । ओलीले पोखरेललाई नै अघि सारेर ज्ञवाली र गुरुङलाई उपाध्यक्ष बनाउने तयारी गरेका थिए । तर, ज्ञवालीले केन्द्रीय सदस्यमा मात्र मनोनयन दर्ता गराएका छन् ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *