सुहाङले दिए केन्द्रीय सदस्यमा ‘स्वतन्त्र’ उम्मेदवारी

काठमाडौं । एमालेका युवा नेता सुहाङ नेम्वाङले केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका छन् । संस्थापन पक्षले प्यानलमा नराखेपछि उनले स्वतन्त्ररूपमा उम्मेदवारी दिएका हुन् ।

सुहाङ एमालेका दिवंगत नेता सुभाष नेम्वाङका सुपुत्र हुन् । पिताको देहावसानपछि उनको बिडो थाम्ने अठोटसहित उनी राजनीतिमा होमिएका थिए । छोटो समयमै उनले पिताजस्तै शालीन र असल युवा नेताको परिचय बनाएका छन् ।

इलाम २ मा भएको उपनिर्वाचनमा उनी एमालेबाट विजयी बनेका थिए । एमालेको युवा पङ्तिले उनी संस्थापन पक्षको लिस्टमा अटाउने अपेक्षा गरेको थियो । तर, अटाउन नसकेपछि उनले स्वतन्त्र उम्मेदवार बन्ने निर्णय लिएका हुन् ।

नेम्वाङले खुल्लातर्फको क्लष्टरमा आफूले उम्मेदवारी दिएको बताए । उनको प्रस्तावकमा काजीमान कागते र समर्थकमा टीका पौडेल (निरोज) छन् ।

महाधिवेशन स्थलमा उद्घाटनकै दिनदेखि सुहाङलाई केन्द्रीय सदस्यका लागि शुभकामना दिँदै फोटो सेसन गर्न प्रतिनिधिकाे भिड लाग्ने गरेकाे छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *