
काठमाडौं । पूर्वशिक्षामन्त्री तथा नेकपा एमाले नेता विद्या भट्टराईले ११औं महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवारी नदिने घोषणा गरेकी छन् ।
२ पटक केन्द्रीय सदस्य र सांसद भइसकेकी भट्टराईलाई ईश्वर पोखरेल पक्षका नेताहरूले सचिवमा उम्मेदवारी दिन आग्रह गरेका थिए । तर, पार्टीमा प्यानल प्रतिस्पर्धा हुने भएपछि आफू दुवैतिर नलागी स्वतन्त्र बसेको भट्टाईले बताएकी छन् ।
उनले अब प्रतिनिधिसभाको चुनाव पनि नलड्ने बताएकी छन् ।

Leave a Reply