अखिल अध्यक्षमा पराजित प्रकाश पौडेलले केन्द्रीय सदस्यमा दिए उम्मेदवारी

काठमाडौं । अनेरास्ववियुको अध्यक्षमा पराजित भएका प्रकाश पौडेलले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन् । अखिलबाट बिदा भएका अधिकांश नेताहरू केपी ओली प्यानलबाट पर्दा पौडेलले ईश्वर पोखरेल समूहबाट उम्मेदवारी दर्ता गराएका हुन् । उनले गण्डकीबाट खुल्ला सदस्यमा मनोनयन दर्ता गराएका हुन् ।

उनी अखिल महाधिवेशनमा सुजन कडरियासँग ७ भोटले पराजित भएका थिए ।

ओली प्यानलबाट पूर्वअध्यक्ष समिक बडाल, उपाध्यक्षबाट बिदा भएका गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती, महासचिवबाट बिदा भएका नरेश रोकाय, मनोज ताम्ली युवा र भूगोलको क्लष्टरबाट केन्द्रीय सदस्यमा अघि सारिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *