
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री एवं विघटित प्रतिनिधिसभा सदस्य भीम आचार्यले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।
ओली प्यानलबाट केन्द्रीय सदस्यको लिष्टमा परेका आचार्यले उम्मेदवारी दर्ता गराएका हुन् । पार्टीमा कामको मूल्यांकन हुनुपर्ने भन्दै उपाध्यक्षमा उठ्ने तयारी गरेको उनले बताए ।
मनोनयन दर्ता पछि आचार्यले भने, ‘पार्टीमा कामको मूल्यांकन हुनुपर्छ । तसर्थ कामको मूल्यांकन र न्याय स्थापित गर्न उपाध्यक्षमा आफ्नो अमूल्य मत दिनुहोला ।’
आचार्य नवौँ महाधिवेशनमा सचिवमा निर्वाचित भएका थिए । कोशी प्रदेश सरकारको मुख्यमन्त्री भएका आचार्यविरुद्ध पोखरा अन्तर्राष्ट्रिय विमानस्थल भ्रष्टाचार प्रकरणमा विशेष अदालतमा केही दिनअघि मुद्दा दर्ता भएको छ ।

Leave a Reply