
काठमाडौं । नेकपा एमालेको ११औं महाधिवेशनमा ओली लाइनबाट पदाधिकारी र केन्द्रीय सदस्यको सूचीमा नाम नपरेपछि नेताहरु ईश्वर पोखरेलको प्यानलमा पुगेको विषय बाहिर आइरहँदा एमाले नेता सूर्य थापाले पोखरेल पक्षले भड्खालोमा हाल्ने बताएका छन् ।
पत्रकारहरुसँग कुरा गर्दै थापाले भने- ‘खुट्टा उचालेर भड्खालोमा हाल्न आमन्त्रित गर्दैछन् । त्यतातिर सचेत हुनुपर्छ ।’
केपी शर्मा ओलीले फाइनल कन्फर्म जित्ने थापाले बताएका छन् । उनले आफ्नो भविष्यवाणी मिल्ने गरेको बताए ।
नेपाल प्रिमियर लिगमा गरेको भविष्यवाणी मिलेको प्रसङ्ग निकाल्दै थापाले भने- केपी शर्मा ओलीले फाइनल कन्फर्म जित्नुहुन्छ ।’
पत्रकारले उनी महाधिवेशन स्थलबाट बाहिर निस्किंदै गर्दा थापालाई सोधे माहोल कस्तो छ ? थापाले भने- ‘के को माहोल ?’ उनको उत्तरले उनी आफैं सन्तुष्ट नभएको देखिन्छन् । यद्यपि उनले पार्टी जीवन र जिम्मेवारीलाई अनन्त यात्राको उपमा दिएका छन् । उनले भने, ‘भविष्यमा हौंला, पार्टी अनन्त यात्रा हो ।’

Leave a Reply