उपाध्यक्षमा गोकर्णले दिए उम्मेदवारी, प्रतिस्पर्धाले नेता-कार्यकर्तालाई जुझारु बनाउने विश्वास

काठमाडौं । नेकपा एमालेको उपाध्यक्ष पदमा गोकर्ण विष्टले मनोनयन दर्ता गराएका छन् । उनी १०औँ महाधिवेशनबाट सचिव बनेका थिए ।

उम्मेदवारी दर्तापछि उनले सहमति र सहकार्यमा बाँकी कुनै गुञ्जायस नरहेको विष्टले बताए ।

उनले अध्यक्ष केपी शर्मा ओली र ईश्वर पोखरेलबीच मनोनयन दर्ताको क्रम सुरु भइसकेपछि कुनै प्रकारको छलफल नभएको बताए ।

उनले आठौं, नवौं र दशौं महाधिवेशनमा स्वस्थ मर्यादित लोकतान्त्रिक अभ्यास भएको स्मरण गर्दै प्रतिस्पर्धाले पार्टी नेता-कार्यकर्तालाई अझ जुझारु बनाउने र पार्टीलाई बलियो बनाउने बताए ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *