‘जारी’को कमाइलाई उछिन्ने दौडमा ‘परान’, हर्ष र ‘अभिमन्यु च्याप्टर १’ ले कति कमाए ?

काठमाडौं । चलचित्र विकास बोर्डले प्रदर्शनरत तीन नेपाली चलचित्र ‘परान’, ‘हर्ष’ र ‘अभिमन्यु च्याप्टर १’ को २०८२ साल मंसिर २७ गते राति ११ बजेर ५९ मिनेटसम्मको आधिकारिक टिकट बिक्रीसहित आम्दानी विवरण सार्वजनिक गरेको छ। विकास बोर्डले सार्वजनिक गरेको तथ्यांक अनुसार दिपक प्रसाद आचार्य (काकु) निर्देशित चलचित्र ‘परान’ ले पछिल्लो शनिबारसम्म सिनेपाः बक्सअफिसमा १७ करोड ३९ लाख ४९ हजार ५०१ नेरु ग्रस कमाइ गरेको छ। यो कमाइमा आइतबार र सोमबारको हिस्सा जोडिएको छैन ।

प्रदर्शन भएदेखि हालसम्म ६ लाख १२ हजार ८ सय ८ टिकट बिक्री गरेको यो चलचित्रले दयाहाङ राई स्टारर ‘जारी’ को पहिलो भागको कमाइलाई उछिन्ने बलियो सम्भावना देखिएको छ । ‘जारी’ को पहिलो भागले सिनेपाः बक्सअफिसमा १७ करोड ४८ लाख १ हजार ४५९ नेरु ग्रस कमाएको थियो । ‘परान’ ले अब ८ लाख ५१ हजार नेरु ग्रस कमाइ गरे ‘जारी’ को कमाइलाई उछिन्ने छ।

त्यस्तै, खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित चलचित्र ‘हर्ष’ ले घरेलु बक्सअफिसमा पछिल्लो शनिबारसम्म २८ लाख ७६ हजार २८३ नेरु ग्रस कमाएको छ । यो अवधिसम्म चलचित्रको ८ हजार ७६६ वटा टिकट बिकेका छन् ।

कामेश्वर चौरासिया स्टारर चलचित्र ‘अभिमन्यू च्याप्टर १’ ले भने घरेलु बक्सअफिसमा सन्तोषजनक कमाइ गर्न सकेन। पछिल्लो शनिबारसम्म यो चलचित्रले ६ हजार ६८६ टिकट बिक्री गर्दै मात्र २१ लाख १० हजार २०५ नेरु ग्रस कमाइ गरेको छ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *