एमाले अध्यक्षको उम्मेदवारी शुल्क १५ हजार, अन्य पदमा कति ?

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदका लागि उम्मेदवारी दिनको लागि १५ हजार दस्तुर बुझाउनुपर्ने भएको छ ।

महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले अध्यक्ष पदमा उम्मेदवारी दिनेले फारम बापत एक सय र उम्मेदवारी दस्तुर बापत १५ हजार बुझाउनुपर्ने बताए ।

पदाधिकारीका उम्मेदवारले १० हजार, केन्द्रीय सदस्यका उम्मेदवारले ५ हजार, केन्द्रीय आयोगका अध्यक्ष पदका उम्मेदवारले १० हजार र केन्द्रीय आयोग पदाधिकारी र सदस्यका उम्मेदवारले ५ हजार बुझाउनुपर्ने भएको छ ।

महाधिवेशनमा अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्लानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् । गौतमले नेतृत्व चयनका लागि हुन लागेको निर्वाचनले एमालेमा बोल्नै पाइँदैन भन्ने गलत भाष्य खारेज गरिदिएको समेत जिकिर गरे ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *