
काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका ६ महानगर पालिकामध्ये ४ वटामा उपमेयर जितेको नेकपा एमालेले सबै निर्वाचित उपमेयरलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको प्यानलबाट चारै महानगरपालिकाका उपमेयर उम्मेदवार बन्दा तीनजना नयाँ हुन् । पोखरा महानगरपालिकाकी उपमेयर मञ्जु गुरुङ दोस्रोपटक केन्द्रीय सदस्य उम्मेदवार बनेकी हुन् ।
काठमाडौं महानगरकी सुनिता डंगोल, ललितपुरकी मञ्जली शाक्य बज्राचार्य र विराटनगरकी शिल्पा कार्की निराला पहिलोपटक उम्मेदवार बनेका हुन् । सुनिता केन्द्रीय स्थानीय विभागकी सदस्य हुन् भने मन्जली ललितपुर जिल्ला कमिटी उपसचिव हुन् ।
शिल्पा कार्की भने मोरङको अधिवेशनमा उपसचिव उम्मेदवार बनेर पराजित भएकी थिइन् ।

Leave a Reply