यु १९ एसिया कप : बंगलादेशलाई नेपालले दियो १३१ रनको लक्ष्य

काठमाडौं । एसीसी यू १९ एसिया कप अन्तरगतको खेलमा नेपालले बंगलादेशलाई १३१ रनको मामूली लक्ष्य दिएको छ । टस हारेर पहिले ब्याटिङमा उत्रिएको नेपाल १३० रनमा अलआउट भयो ।

नेपालले राम्रो सुरुवात गर्दै पहिलो विकेटका लागि ६.४ ओभरमा ४० रन जोडेको थियो । तर, त्यसपछि लगाता विकेट गुमाउँदै नेपालले आफूलाई कमजोर स्थितिमा पुर्यायो । नेपालका लागि आठौं नम्बरका ब्याट्सम्यान अभिषेक तिवारीले सर्वाधिक ३० रन जोडे । ४३ बलको सामना गर्दा उनले २ छक्का प्रहार गरेका थिए ।

नेपालका ओपनर साहिल पटेलले २५ बलमा १८ रन तथा निरज यादवले २७ बलमा १४ रन बनाए । आशिष लुहारले ४१ बलको सामना गर्दै २३ रन बनाएर आउट भए । अन्तय ब्याट्सम्यानहरुले दोहोरो अंकमा र बनाउन सकेनन् । नेपालले अतिरिक्तका रुपमा २३ रन पाएको थियो । बंगलादेशका बलर मोहम्मद सोबुजले सर्वाधिक तीन विकेट लिए । साद इस्लाम र शाहरियार अहमदले २-२ विकेट बाँडे ।

नेपाल पहिलो म्याचमा श्रीलंकासँग ८ विकेटले पराजित भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *