राजेन्द्र गौतमले भने- उपमहासचिवमा उम्मेदवारी दिन्छु

काठमाडौं । नेकपा एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले उपमहासचिवमा आफ्नो उम्मेदवारी रहने बताएका छन्।

महाधिवेशनस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै सहमतिमै नेतृत्व चयनको लागि आफूलाई जुनसुकै पद भएपनि स्वीकार्ने पनि बताए।

उनले भने, ‘सहमतिको लागि नेतृत्व व्यवस्थापनको लागि कुनै पनि पद भएमा मेरो लागि स्वीकार्य छ। त्यो नभए मेरो उम्मेदवारी उपमहासचिवमा हुन्छ।’

गौतमको नाम अध्यक्ष केपी ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल दुवै प्यालनमा परेको छैन।

सचिवको दाबी गरिरहेका गौतम पदाधिकारीमा नपरेपछि उपमहासचिवमा भिड्ने तयारीमा लागेका हुन् । ओली प्यानलबाट उनको नाम खुल्ला केन्द्रीय सदस्यको १ नम्बरमा राखिएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *