ओली प्यानलको सूची हेरफेर- लेखराज सचिव उठ्न नमानेपछि यसरी मिलाइयो

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले फेरि सचिव पदमा लड्न अस्वीकार गरेका छन् । अध्यक्ष केपी शर्मा ओली प्यानलमा भट्टको नाम सचिवमा समावेश थियो ।

भट्टले फेरि पनि सचिव नबन्ने भन्दै उपमहासचिवमा उम्मेदवारी दिन लागेको नेपाल प्रेसलाई बताए । भट्टले अस्वीकार गरेपछि ओली प्यानलले उम्मेदवारको सूची हेरफेर गरेको छ ।

यसअघि सचिवमा रहेका भट्टलाई उपमहासचिवमा बढुवा गर्दै भानुभक्त ढकाललाई सचिवमा झारेको छ । ढकालको नाम यसअघि उपमहासचिवमा थियो ।

एमालेमा आगामी नेतृत्व चयनका लागि अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले प्यानल बनाएरै प्रतिस्पर्धा हुँदैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *