
काठमाडौं । पुस महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । मंसिरको तुलनामा पुसमा वाणिज्य बैंकहरुको औषत ब्याजदर घटेको छ ।
बैंकहरुले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदर औषतमा ४.८३ प्रतिशत विन्दुमा झरेको छ । जबकी यस्तो ब्याजदर मंसिर महिनामा ५.०४ प्रतिशत विन्दुमा थियो ।
सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १३ बैंकले ब्याजदर घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा ग्लोबल आइएमई, लक्ष्मी सनराइज, एभरेष्ट, नेपाल, बैंक, राष्ट्रिय वाणिज्य बैंक, प्राइम, प्रभु, कृषि विकास, नबिल, सानिमा, कुमारी, स्ट्याण्डर्ड चार्टर्ड र नेपाल एसबिआई बैंक रहेका छन् ।
अन्य बाँकी ७ बैंकले भने पुसका लागि ब्याजदर स्थिर राखेका छन् । जसमा सिटिजन्स, माछापुच्छ्रे, एनआईसी, सिद्धार्थ, नेपाल इन्भेष्टमेन्ट मेगा, एनएमबि र हिमालयन बैंक रहेका छन् ।
पुस महिनामा व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा बढी ब्याज ग्लोबल आइएमई बैंक र हिमालयन बैंकले दिने भएका छन् । यी दुई बैंकले अधिकतम ५.५ प्रतिशतसम्म ब्याज दिने भएका हुन् । साथै प्राइम कमर्सियल बैंकले भने सबैभन्दा कम ब्याज दिने भएको छ ।


Leave a Reply