पूर्वमन्त्री उपाध्यायको शोकमा कांग्रेसले तीन दिन झण्डा झुकाउने

काठमाडौं । पूर्वकेन्द्रीय सदस्य आमोदप्रसाद उपाध्यायको निधनप्रति नेपाली कांग्रेसले दु:ख व्यक्त गर्दै तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय, प्रदेश कार्यालय र जिल्ला कार्यालयहरूमा झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

पार्टीका उपसभापति धनराज गुरुङको सभापतित्वमा बसेको केन्द्रीय समिति बैठकले शोक प्रस्ताव पारित गर्दै पुस १ गते केन्द्र, प्रदेश र जिल्लाका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको मुख्यसचिव कृष्णप्रसाद पौडेलले बताए ।

बैठकले स्वर्गारोहणको १३ औँ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औँ दिनमा गृह जिल्ला मोरङमा शोक सभाको आयोजना गर्ने पनि निर्णय गरेको छ ।

वि.सं. २०४८ मा राष्ट्रिय सभा सदस्यमा मनोनित उपाध्याय वि.सं. २०५६ मंसिर २३ गते सम्पन्न भएको उपनिर्वाचनमा मोरङ निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएका थिए । वि.सं. २०५६ मा उनी शिक्षा तथा खेलकुद मन्त्री समेत बनेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *