
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ । आज एकैदिन १९ सयले बढेर सुनको मूल्य हालसम्मकै उच्च भएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य प्रतितोला २ लाख ६० हजार ८७ सय रुपैयाँ तोकेको छ । आइतबार २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।
२ महिनापछि हिजोदेखि सुनको भाउ बढेर हालसम्मकै उच्च मूल्यमा कारोबार भएको हो । आज उक्त रेकर्ड तोडेर हालसम्मकै उच्च भएको हो। त्यस्तै चाँदीको मूल्य पनि बढेको छ ।
आइतबार ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भएको चाँदी आज ४५ रुपैयाँले घटेर एक तोला चाँदीको मूल्य तीन हजार ८७० निर्धारण भएको छ ।

Leave a Reply