ओली पक्षको सूचीमा १९ पदाधिकारी मध्ये एक मात्रै महिला

काठमाडौं । नेकपा एमालेको महाधिवेशनमा संस्थापन पक्षको उम्मेदवारको लिष्टमा पदाधिकारी एक जना मात्रै महिला परेका छन् ।

सार्वजनिक सूची अनुसार १९ पदाधिकारीमा पद्माकुमारी अर्याल मात्रै पदाधिकारीमा समेटिएकी हुन् । सार्वजनिक लिष्ट अनुसार अर्यालको नाम सचिवमा दोहोरिएर आएको हो ।

९ जना सचिवमा उनी मात्रै महिला उम्मेदवार हुन् । नेकपा एमालेले १९ पदाधिकारीसहित ३०१ जना केन्द्रीय कमिटी, अनुशासन आयोग तथा लेखा आयोगमा नयाँ नेतृत्व छान्दैछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *