बुवाको काजक्रियापछि फरक रुपमा देखिए बालेन, महानगर दिवसको कार्यक्रममा सहभागी

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह आफ्नो नियमित काममा फर्किएका छन् । पितृशोकका कारण उनी विदामा रहेका थिए ।

बुवाको १३ दिनको काजक्रिया सकेर बालेन कार्यालय फर्किएका हुन् । काठमाडौं महानगरपालिकाको ३१ औं स्थापना दिवसको कार्यक्रममा उनी सहभागी छन् । कार्यक्रममा उनले लिखित मन्तव्य दिए । राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहाय यादव, प्रधानन्यायाधीश प्रकाशमानसिंह राउत लगायतको सहभागीता थियो । बालेनले राष्ट्रपति पौडललाई स्वागत र विदाइ गरे ।

यसअघि लामो कपाल र दारी बालेनको पहिचान थियो भने अहिले उनी फरक रुपमा देखिन्छन् । बुवाको काजक्रियाका क्रममा उनले दारी–कपाल खौरिएका थिए । बालेनका पिता रामनारायण साहको गत १५ मंसिरमा निधन भएको थियो ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *