लेखराज भट्ट सचिव उम्मेदवार नबन्ने, ओली पक्षबाट उपमहासचिवमा दाबी

काठमाडौं । नेकपा एमालेका सचिव लेखराज भट्टले सचिवमा उम्मेदार नबन्ने बताएका छन् । अध्यक्ष केपी शर्मा ओली प्यानलबाट सचिव उम्मेदवारमा नाम आएपछि भट्टले त्यसबारे थाहा नभएको बताए ।

उनी उपमहासचिव पदका दाबेदार हुन् । नेपाल प्रेससँगको सम्पर्कमा आएका भट्टले केही समय कुर्न आग्रह गरे ।

आफू यसअघि नै सचिव भइसकेकाले उक्त पदमा फेरि उम्मेदवार नबन्ने बताएर उनी नेताहरूसँगको छलफलमा रहेको स्रोतले जनाएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *