
काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा आज उम्मेदवारी दर्ता शुरु हुँदैछ । अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल प्यानल बनाएरै निर्वाचनमा होमिने अवस्था देखिएको छ । सहमतिको वातावरण बनाउन केही नेताहरु लागे पनि निर्वाचन हुने अवस्था बनेको उनीहरुको निष्कर्ष छ । अर्कातिर उम्मेदवारी दर्ता पछि पनि सहमति खोजिने बताइएको छ ।
अध्यक्षमा उम्मेदवारी घोषणा गरेका पोरेलको प्यानलबाट अहिलेसम्म उपाध्यक्षमा हालका सचिव गोकर्ण विष्ट, महासचिवमा हालका उपाध्यक्ष सुरेन्द्र पाण्डे र उपसमहासचिवमा हालका सचिव योगेश भट्टराईको उम्मेदवारी हुने तय भएको छ ।
सचिवका आकांक्षी भने धेरै देखिएका छन् । पोखरेलको प्यानलबाटै सचिवमा गोकुल बास्कोटा, विनोद ढकाल, कर्ण थापा, रचना खड्का, ठाकुर गैरेलगायतको उम्मेदवारीका विषयमा छलफल भएको छ । अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट पनि उम्मदेवारीको प्यानल आउने अवस्थामा यी अनुहारमा केही हेरफेर गरेर पनि अघि बढ्ने तयारी रहेको सचिव योगेश भट्टराईले जानकारी दिए ।

Leave a Reply