एमाले महाधिवेशनः ईश्वर प्यानलबाट सुरेन्द्र पाण्डे महासचिवका उम्मेदवार, गोकर्ण उपाध्यक्ष र योगेश उपमहासचिव

काठमाडौँ । नेकपा एमालेको ११ औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी घोषणा गरेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको प्यानलमा महासचिवमा सुरेन्द्र पाण्डेलाई अगाडि बढाइने भएको छ ।

प्यानल नै बनाएर निर्वाचन हुने अवस्था बनेपछि हालका उपाध्यक्ष पाण्डे महासचिवका उम्मेदवार बन्न लागेका हुन् । सचिवद्वय गोकर्ण विष्ट उपाध्यक्ष र योगेश भट्टराई उपमहासचिवका उम्मेदवार हुने तय भएको योगेश भट्टराईले बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *