चिसोले भारतीय जनजीवन प्रभावित, अरु ४ दिन मौसम प्रतिकूल रहने

भारत । उत्तरी भारतमा जाडो बढेको छ। मौसम विभागले भनेको आगामी दुई दिन दिल्ली, पञ्जाब, हरियाणा, चण्डीगढ, पूर्वी उत्तर प्रदेश र उत्तरपूर्वी मध्य प्रदेशमा बाक्लो कुहिरो लाग्ने सम्भावना रहेको बताएको छ ।

दिल्ली–एनसीआर लगायतका मैदानी क्षेत्रमा बाक्लो कुहिरो र कम हावा चलेको कारणले आकाशमा बाक्लो तुवाँलो लागेको छ, जसका कारण दृश्यता शून्य भएको छ।

सडकमा सवारी साधनहरू बिस्तारै गुडाउनु परेको छ । शहरका धेरै प्रमुख क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक गम्भीर श्रेणीमा पुगेको छ, यस स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न भएको छ । दिल्ली कम हावाको गति, कुहिरो र प्रदूषकको जालमा परेका कारण धुवाँ बढ्दै गएको छ।

भारतीय मौसम विज्ञान विभागका अनुसार, उत्तरी पाकिस्तानको माथिल्लो भागमा सक्रिय पश्चिमी बाधाले डिसेम्बर १७ को रातिदेखि पश्चिमी भागहरूमा भारी वर्षा गराउनेछ । यसले जम्मू कश्मीर, लद्दाख, हिमाचल प्रदेश र उत्तराखण्डका माथिल्लो क्षेत्रहरूमा हल्का वर्षा वा भारी हिमपात हुने सम्भावना छ।

यो हिमपातपछि, उत्तरबाट चिसो हावा मैदानी क्षेत्रहरूमा पुग्नेछ, जसले गर्दा न्यूनतम तापक्रम २ डिग्री सेल्सियससम्म घट्नेछ। डिसेम्बर १५ देखि डिसेम्बर १९ सम्म पञ्जाब, हरियाणा, चण्डीगढ, दिल्ली–एनसीआर, उत्तर प्रदेश, उत्तरपूर्वी भारतका केही भाग र हिमाचल प्रदेशमा बाक्लो कुहिरो लाग्ने सम्भावना रहेको बताइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *