एमालेमा बढ्दै स्वैच्छिक अवकाशको घोषणा

काठमाडौं । जारी ११ औँ महाधिवेशनका सिलसिलामा स्वैच्छिक अवकाशमा जान चाहने एमालेका नेताको संख्या बढ्दैछ ।

उपाध्यक्षहरू युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्यदेखि दलबहादुर रानासम्मले स्वैच्छिक रूपमा पार्टी नेतृत्वबाट बाहिरिने १० औँ महाधिवेशनबाट निर्वाचित सबभन्दा कम उमेरकी केन्द्रीय सदस्य ईश्वरी जिएमले पनि केही वर्ष पार्टी कामबाट अलग रहने घोषणा गरेकी छन् । पत्रकारिता पृष्ठभूमिबाट आएकी उनी रोल्पाकी हुन् । राजनीतिसँगै पर्यटन व्यवसायमा पनि उनी संलग्न रहेकी छन् । नेपाल प्रेससँग कुरा गर्दै उनले भनिन्, ‘घर, परिवारलाई अलिक समय दिनुपरेको छ, सधैँ राजनीति गरेर नहुँदो रहेछ ।’

बर्दियाका नेता भीम केसीले पनि आफूले ६० वर्ष उमेर टेकेको भन्दै पार्टी नेतृत्वबाट बाहिरिने घोषणा गरेका छन् । उनी २०७८ को १० औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए । उनी २०४२ सालमै अनेरास्ववियु (पाँचौँ) को जिल्ला अध्यक्ष भएका थिए । युवा संघ हुँदै केही समय पार्टी केन्द्रीय कार्यालयको उपसचिवको जिम्मेवारी पनि सम्हाले । तर, लाभको पद कहिल्यै पाएनन् । सामाजिक सञ्जालमा उनले लेखका छन्, ‘यसै महाधिवेशनबाट खुसी साथ बिदा लिँदै छु, बाँचिन्जेलसम्म पार्टी र आन्दोलनको पक्षमा लागिरहने प्रतिज्ञा गर्द्छु।’

म्याग्दीका अर्का नेता भूपेन्द्रबहादुर थापाले पनि अगामी पार्टी नेतृत्वमा नरहने घोषणा गरेका छन् । उनी सांसद रहिसकेका थिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *