
काठमाडौं । नेकपा एमालेका अनुशासन आयोग अध्यक्ष केशब बडालले अब कुनै पदमा उम्मेदवार नबन्ने घोषणा गरेका छन् ।
पार्टी महाधिवेशनको बन्दसत्रमा बडालले अब सक्रिय राजनीति र नेतृत्वबाट बिदा लिएर पार्टीलाई आफ्नो अनुभवको आधारमा योगदान गर्ने बताएका हुन् ।
बडालले पछिल्लो समय आफूले जिम्मेवारी अपेक्षित रूपमा पूरा गर्न नसकेको आत्मस्वीकृति व्यक्त गर्दै यस महाधिवेशनबाट पार्टीको कुनै पनि पदमा नबस्ने निर्णय घोषणा गरेका छन् । उनले भुइँ तहमा बसेर पार्टीको काम भने गरिरहने बताए ।
यसअघि उपाध्यक्षद्वय अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवालीले पनि सक्रिय नेतृत्वबाट बिदा लिएको घोषणा गरिसकेका छन् ।

Leave a Reply