
काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको विवरण हेरफेर गर्नेलाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
विभागमा कार्यरत दर्ता अपरेटर सूर्यप्रसाद रेग्मीका छोरा सुनित प्रभाग रेग्मीसहित आशिषबाबु कुमाललाई विभागको युजर आइडी र पासवर्ड प्रयोग गरेर विभिन्न व्यक्तिहरुको विवरण हेरफेर गरेको कसूरमा पक्राउ गरिएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण ऐन, २०७६ को परिच्छेद ६ दफा ४१ बमोजिम कसूर गरेकाले पक्राउ गरी अनुसन्धानका लागि पहिलो पटक पाँच दिनको म्याद थप गरिएको नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ ।

Leave a Reply