ग्लोबल आइएमई बैंकले अनलाइनबाटै ५० लाखसम्मको ‘शेयर धितो कर्जा’ दिने, एकै दिनमा स्वीकृति

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरूका लागि अनलाइनबाटै शेयर धितो कर्जा दिने भएको छ । बैंकले नवीनतम डिजिटल सेवा अन्तर्गत ‘फास्ट लोन अगेंस्ट शेयर’ अर्थात् शेयर धितो कर्जा योजना सार्वजनिक गरेको हो ।

यो योजना अन्तर्गत अब ग्राहकहरूले बैंकमा नगई अनलाइन माध्यमबाटै शेयर धितो कर्जाका लागि आवेदन दिन सक्नेछन् । बैंकले सार्वजनिक गरेको नयाँ सुविधाहरू अनुसार आवश्यक प्रक्रिया पूरा भएको खण्डमा बैंकले एकै दिनमा ऋण स्वीकृति प्रदान गर्नेछ ।

त्यस्तै, बैंकका ग्राहकले आफ्नो योग्य शेयर धितो राखी ५० लाख रुपैयाँसम्मको ऋण प्राप्त गर्न सक्नेछन् । बैंकले यो कर्जा सुलभ तथा प्रतिस्पर्धात्मक ब्याजदरमा उपलब्ध गराउने जनाएको छ ।

यो सुविधा ग्लोबल आइएमई बैंकका ग्राहकहरूका लागि मात्र उपलब्ध हुनेछ । कर्जा लिन चाहने ग्राहकको आफ्नै नाममा योग्य शेयर हुनुपर्नेछ । अनलाइनबाटै सम्पूर्ण प्रक्रिया सुरु गर्न सकिने भएपनि अन्तिम प्रमाणीकरण र सम्झौताका लागि ग्राहकले सम्बन्धित शाखामा एक पटक मात्र उपस्थित भए पुग्ने व्यवस्था बैंकले मिलाएको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *