सरकारलाई राष्ट्रपतिको सुझाव- फागुन २१ को मितिबाट दायाँबायाँ नहोस्

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनको मिति फागुन २१ बाट दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन् ।

राष्ट्रपति भवन शीतल निवासमा आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/२०८२ को वार्षिक प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले यस्तो सुझाव दिनुभएको हो । आगामी चुनावलाई प्रभावित नहुने गरी काम गर्न पनि उनले सुझाए ।

राष्ट्रपति पौडेलले अघिपछि भन्दा अत्यन्त तदारुकताका साथ सुरक्षा व्यवस्थामा ध्यान दिन नेपाली सेनासहितका सुरक्षा निकायलाई निर्देशन दिएका छन् । पौडेल समक्ष प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषदका अध्यक्ष सुशील कार्कीले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन पेश गरिन् ।

राष्ट्रपति पौडेलले वर्तमान अवस्थामा थपिएका तथा भविष्यमा आइपर्ने सुरक्षा चुनौतीहरूसमेत आँकलन गरी राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास जनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *