सन्दीप लामिछानेले बीपीएलमा राजशाही वारियर्सबाट खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेगस्पीनर सन्दीप लामिछानेले बङ्गलादेश प्रिमियर लिग (बीपीएल) मा खेल्ने भएका छन् । लामिछाने बीपीएलमा टोली राजशाही वारियर्समा अनुबन्धित भएका छन्।

उनले राजशाही वारियर्सबाट खेल्नेछन् । उक्त टीमले लामिछानेलाई स्वागत गर्दै  हिमालयन म्याजिक भनेकाे छ ।

बीपीएलमा पहिले अनुभव भएका लेग स्पिनर लामिछानेले यसअघि प्रतियोगितामा सिल्हेट सिक्सर्सको प्रतिनिधित्व गरेका थिए । आगामी संस्करणको बिपिएल आउँदो डिसेम्बर २६ बाट सुरु हुनेछ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *