‘नेतृत्वमा ओली कमरेड नै निरन्तर हुने कुराले थप खति हुन्छ भनेर ‘चिउचिउ’ भइरहेको छ’

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी, कम्युनिस्ट आन्दोलन र मुलुकलाई थप नोक्सान हुन नदिन नेतृत्वबाट बिदा लिन आग्रह गरेका छन् । महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै पोखरेलले नेतृत्वबाट बिदा लिएर संरक्षक वा अभिभावक बनेर राजनीतिक नेतृत्व प्रदान गर्न समेत ओलीलाई आग्रह गरे ।

पोखरेलले भने- तपाईँ ११ वर्ष पार्टी अध्यक्ष हुनुभयो, हामीलाई पनि चुनौतीको सामना गर्न सिकाउनुभयो । २०७२ देखि ८२ सम्मको १० वर्षको अवधिमा ६ वर्ष मुलुकको प्रधानमन्त्री बन्नुभयो । कमरेड अब उधौली सुरू हुँदैछ, यो उधौलीले उहाँ अध्यक्ष, हाम्रो पार्टी, आन्दोलन र मुलुकलाई नोक्सान गर्छ कि भन्ने चिन्ता लागेको छ । उहाँको निरन्तर हुने कुराले थप खति हुने हो कि भनेर भित्रैदेखि चिउचिउ भइरहेको छ ।

पोखरेलले आफू निष्ठा र निरन्तरतामा बाँचेको मान्छे भन्दै पछिल्ला वर्षहरूमा पार्टीमा क्रियाशील भएर काम गर्ने सन्दर्भमा अवरोध भएको र तेजोबध गरिएको महसुस भएको समेत बताए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *