बन्दसत्रमा बोल्दै ईश्वर पोखरेलले सम्झाए ‘पार्टी जीवनको लोकतान्त्रिकरण’ सम्बन्धी ओलीको प्रस्ताव

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनको बन्दसत्रमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सम्बोधन गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको अनुमति लिएर बोल्न उभिएका पोखरेलले देश र पार्टी भूराजनीतिक बोझले किचिएको बताए ।

पोखरेलले केपी शर्मा ओलीलाई पार्टी जीवनको लोकतान्त्रिकरणको आफ्नै विगतको प्रस्ताव र प्रयाससमेत स्मरण गराएका छन् । पार्टी जीवनको लोकतान्त्रिकरण गर्ने ओलीकै प्रस्तावमा आफू उभिएको र त्यसको प्रशंसक रहेको भन्दै ओलीले ठाउँ छाडेर आफ्नो अवधारणा लागू गरे हुने संकेत गरेका छन् ।

बन्दसत्रमा बोल्ने क्रममा बिगतमा माओवादीसँग गरिएको एकताको प्रक्रिया नमिलेका कारण भंग भएको समेत बताए । पोखरेलले नेकपा एमालेको स्थापनादेखि हालसम्मका महाधिवेशनहरुको आयोजना गर्ने संयोग आफूलाई मिलेको समेत सुनाए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *