अकूत सम्पत्ति आर्जनमा पत्नी, छोराबुहारीसहित सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा, साढे ३ करोड बढी बिगो

काठमाडौं । प्रतिनिधि सभाका सदस्य एवं संघीय संसद अन्तर्गतको अर्थ समितिका तत्कालीन सभापति सन्तोष चालिसेविरुद्ध अकुत सम्पत्ति आर्जनमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ ।

गोकर्णेश्वर नगरपालिकाका पूर्व मेयरसमेत रहेका कांग्रेस नेता चालिसेविरुद्ध ३ करोड ६८ लाख ४७ हजार ७६१ रूपैयाँ बिगो कायम गरी अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गैरकानूनीरूपमा आर्जित रकमबाट उनकी पत्नी मन्दिरा, छोरा सागर, सञ्जीव र बुहारी प्रमिलालाई पनि जफत गर्ने प्रयोजनार्थ प्रतिवादी बनाइएको छ ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *