
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधि सभाका अर्थ समिति सभापति सन्तोष चालिसेविरुद्ध अख्तियारले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
भ्रष्टाचार र अकुत सम्पत्तिको मुद्दा लिएर विशेष अदालत गएको अख्तियारले चालिसेविरुद्ध करिब ४ करोडको बिगो दावीसमेत गरेको छ । चालिसे २०७४ देखि २०७९ सम्म काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर थिए । २०७९ को निर्वाचनमा उनी काठमाडौं ३ बाट सांसद निर्वाचित भएका हुन् ।
अख्तियारले विशेष अदालतमा दायर गरेको मुद्दामा चालिसे पत्नी मन्दिरा,छोराहरू सागर र सन्दीपका साथै बुहारी प्रमिला पोखरेललाई प्रतिवादी बनाइएको छ ।
मुद्दा दर्ताको क्रममा रहेकाले विस्तृत विवरण आउन बाँकी छ ।

Leave a Reply