कानूनमन्त्री सिन्हाले सम्हाले पर्यटन मन्त्रालयकाे जिम्मेवारी

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिलकुमार सिन्हाले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको  पनि जिम्मेवारी सम्हालेका छन् ।

यसअघि उद्योग, कानूनलगायत तीन मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका मन्त्री सिन्हालाई थप संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको जिम्मेवारी दिइएको हो ।

उनले आज मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् । यसअघि मन्त्री सिन्हाले सम्हाल्दै आएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा कुमार इमनाङलाई मन्त्री बनाइएको छ ।

प्रधानमन्त्री सुशीला कार्कीले मंसिर २६ गते मन्त्रिपरिषद् विस्तार गर्दै सिन्हालाई उक्त मन्त्रालयको जिम्मेवारी सुम्पिएकी हुन् । यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय प्रधानमन्त्री मातहतमै थियो ।

मन्त्री सिन्हाले मन्त्रालयको जिम्मेवारी सम्हाल्दै पर्यटन क्षेत्रको विकास, हवाई सुरक्षाको सुदृढीकरण तथा सांस्कृतिक सम्पदाको संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।

 

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *