एमालेमा बनाइएन अध्यक्ष मण्डल , ओलीले नै चलाए बन्द सत्र

काठमाडौं । नेकपा एमालेको ११‌औं महाधिवेशनको बन्द सत्र अध्यक्ष मण्डल नबनाई नै सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र सञ्चालन गरेका छन् । केन्द्रीय कमिटीका पदाधिकारी मञ्चमा छन् । स्थायी कमिटी र पोलिटब्यूरोसहित प्रतिनिधि तल राखेर महाधिवेशनको बन्द सत्र सुरु भएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले बन्द सत्र अध्यक्षले सञ्चालन गर्ने र अध्यक्ष मण्डल नबनाउने बताउँदै बन्द सत्र सुरु गरेका हुन् ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *