
भक्तपुर । उज्यालो नेपाल पार्टीका नेताहरूले अबको निर्वाचनले नेपालमा ऐतिहासिक रुपान्तरण गर्ने दाबी गरेका छन् । फागुन २१ को चुनावपछि आफ्नो पार्टीबाट कुलमान घिसिङ प्रधानमन्त्री बन्ने भन्दै सोही सरकारले जनताको अपेक्षा पूरा गर्ने उनीहरूको भनाइ छ ।
भक्तपुरको जिल्ला भेला उद्घाटन गर्दै पार्टी केन्द्रीय सदस्य एवं बागमती प्रदेश इन्चार्ज डा. विशालकुमार भण्डारीले देशलाई नै उज्यालो बनाउने पार्टीलाई जनताले मत दिएर जिताउने विश्वास व्यक्त गरे ।
उनले भने, ‘आ-आफ्नो विषयगत क्षेत्रमा दक्षता हाँसिल गरेका राजनीतिज्ञ रहेका कारण हाम्रो पार्टीमा जनविश्वास तीव्र छ ।’
भेलामा केन्द्रीय सदस्यहरू डा. महेन्द्र लावती, डा शंकर ढकाल, सीता पाण्डे, दिपेन्द्र जमकट्टेल लगायत बागमती प्रदेश संयोजक प्रवीण लामालगायतले आफ्नो पार्टीबाट कुलमान घिसिङ प्रधानमन्त्री बन्ने दाबी गरेका थिए ।
भेलाले दुर्गा घिमिरेको संयोजकत्वमा समिति बनाएको छ भने चारवटै नगरपालिकामा सम्पर्क व्यक्ति तोकिएका छन् ।

Leave a Reply