
काठमाडौं । शनिबार दिउँसो अमेरिकाको ब्राउन विश्वविद्यालयस्थित एउटा भवनमा परीक्षा भइरहेको बेला एक बन्दुकधारीले गोली चलाउँदा दुई जनाको मृत्यु भएको छ भने नौ जना घाइते भएका छन् । उक्त घटनामा संलग्न शंकास्पद व्यक्ति देखिएको भिडिओ जारी भएको छ ।
शनिबार राति पत्रकार सम्मेलनपछि अधिकारीहरूले गोलीबारीपछि बारुस एण्ड होली इन्जिनियरिङ र भौतिकशास्त्र भवनबाट बाहिर निस्किरहेको ‘शंकास्पद व्यक्ति’ देखाइएको भिडियो जारी गरिएको बताएका छन् । र, जानकारी भएका जो कोहीलाई अधिकारीहरूलाई सम्पर्क गर्न अनुरोध गरिएको छ ।
बन्दुकधारीलाई गाढा लुगा लगाएको भनेर वर्णन गरिएको छ र उनको खोजी व्यापक रूपमा भइरहेको छ ।

सोम्बर रोड आइल्याण्डका गभर्नर डान म्याकीले पिडीत परिवारलाई सहयोग गर्ने वाचा गर्दै पत्रकार सम्मेलनमा भने, ‘अकल्पनीय घटना भएको छ ।’ उनले राष्ट्रपति डोनाल्ड ट्रम्प र एफबीआई निर्देशक काश पटेलसँग घटनाका विषयमा कुरा गरेको बताए ।
संदिग्ध गोलीबाजलाई होप स्ट्रिट एक्जिटबाट पैदल भाग्दै गरेको प्रत्यक्षदर्शीहरूले देखेको प्रहरीले बताएको छ । संदिग्धले क्यामोफ्लाज मास्क लगाएको हुन सक्ने प्रत्यक्षदर्शीले बताएका छन्, तर अधिकारीले भने यसको पुष्टि गरेका छैनन् ।
प्रहरीले संदिग्ध व्यक्ति भवनमा कसरी प्रवेश गरे भन्ने कुरा थाहा नभएको बताएको छ । तर परीक्षा भइरहेको हुनाले ढोकाहरू खुला थिए । प्रहरीले गोलीबारीमा प्रयोग गरिएको बन्दुकको बारेमा कुनै जानकारी दिएको छैन र हतियार बरामद नभएको बताएको छ ।

Leave a Reply