एमाले बैठक : युवा क्लस्टरमा १५ प्रतिशत कोटा छुट्याउनुपर्ने आवाज

काठमाडौं । नेकपा एमालेलेको केन्द्रीय कमिटी बैठकमा युवा क्लस्टर (अन्डर फोर्टिन) मा १५ प्रतिशत प्रतिनिधित्व हुनु पर्ने आवाज उठेको छ ।

११ औं महाधिवेशनको बन्द सत्र सुरू हुनुअघि बसेको केन्द्रीय कमिटी बैठकमा उठेका विषयबारे जानकारी दिँदै एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पार्टीमा १५ प्रतिशत ‘अन्डरफोर्टिन’को प्रतिनिधित्व हुनुपर्ने आवाज उठेको बताए ।

बैठकमा उठेका विषयलाई छलफल गरेर नेताहरूले टुङ्‍ग्याउने नेता गौतमले बताए ।

केन्द्रीय कमिटीको अन्तिम बैठकले विधान संशोधनको निर्णय गरेको बताउँदै गौतमले विधान संशोधनमा सङ्‍ख्या र संरचनामात्र परिवर्तन हुने र अन्य यथावत् रहने बताए ।

बन्दसत्र दिउँसो तीन बजेदेखि सुरु हुने पत्रकारहरुसँग कुरा गर्दै गौतमले जानकारी दिए ।

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *