भक्तपुरमा डेरामा चोरी, सुन पसलेसहित १० जना पक्राउ

काठमाडौं । भक्तपुरमा डेराकोठामा चोरी गर्ने १० जनाको ग्याङलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा रामेछापको मन्थली नगरपालिका–१३ घर भएका २० वर्षीय आशिष केसी, काभ्रेको धुलिखेल खड्का गाउँ घर भएका २२ वर्षीय सरोज भुजेल, उदयपुरबाट बसाइ सरी सुनसरी घर भएका ३० वर्षीय दीपक गहतराज, मोरङका ३५ वर्षीय विशाल विश्वकर्मा, सिन्धुपाल्चोककी ३८ वर्षीया सरस्वती पुरी, भोजपुरका ३१ वर्षीय सरोज राईरु भक्तपुरका ३१ वर्षीय सुजन दाहाल, भारतका ३७ वर्षीय सुबरत मेटिया, सिन्धुलीका २५ वर्षीय सुमन दर्नाल र ओखलढुंगाका २३ वर्षीय सुवास विश्वकर्मा रहेका छन्।

उनीहरुले गत कार्तिक २१ गते मध्यपुरठिमी नगरपालिका– १ मनोहरा फाँटस्थित गंगा बस्नेतको डेरा कोठा चोरी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले विभिन्न सुन र चाँदीका गहनाहरु बरामद गरेको छ ।

चोरी गरेको सुनहरु पगालेको अवस्थामा प्रहरीले बरामद गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रकाश जवेजुले जानकारी दिए । उनका अनुसार चोरी आरोपमा पक्राउ परेकाहरुमध्ये २ जना सुन पसल सञ्चालक रहेका छन् ।

पक्राउ परेका मध्ये विशाल विश्वकर्माको न्यू क्रिस्टिना ज्वेलर्स जडिबुटीबाट ०.८०४ तोला गालेको सुन र दीपक गहतराजको रोजल खोटाङ ज्वेलर्स जडिबुटीबाट ०.८०३३ तोला गालेको सुन बरामद गरेको छ । साथै सरस्वती पुरीको कोठाबाट २९ लालको सुनको तिलहरी पनि बरामद भएको छ ।

त्यस्तै पक्राउ परेका अर्का आरोपी सरोज राईको कोठाबाट पञ्चधातु जडित सुनको बाला, चाँदीको पाउजु, साँदा कल्ली बरामद भएको छ ।
प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीबाट पक्राउ गरि अनुसन्धान भइरहेको छ ।

 

Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *